Main News
सीपीसीका विदेश विभाग प्रमुख लिउ आज पनि भेटघाटमा व्यस्त रहने
२०७९ असार २८ गते ९:१९

२८ असार २०७९ काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज पनि राजनीतिक भेटवार्तालाई निरन्तरता दिनुहुने भएको छ ।
आइतवार ४ दिने भ्रमणका लागि नेपाल आइपुग्नुभएका जियानचाओले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीको निवास बालकोटमा लञ्चसहित जियानचाओको भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
उहाँले आजै दिउँसो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री झलनाल खनाललाई पनि भेट्ने कार्यक्रम छ । भोलि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर उहाँ स्वदेश फर्किनुहुनेछ ।
यसअघि हिजो उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नु भएको थियो ।
प्रतिक्रिया