खेलकूद

विवाद समाधान नभएसम्म दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएल नहुने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार २६ गते १७:४०
विवाद समाधान नभएसम्म दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएल नहुने (भिडियो रिपोर्टसहित)

२६ असार २०७९ काठमाडौं । आयोजक कम्पनी र क्लबहरुबीचको विवाद समाधान नभएसम्म दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएल नहुने भएको छ ।

खेलाडी स्थानान्तरणको विषयदेखि फिफा र एफसीमा क्लब सिफारिस सम्बन्धमा चार ए डिभिजन क्लबले प्रश्न उठाएपछि एन्फा तत्कालका लागि प्रतियोगिताबाट पछि हटेको हो ।

एन्फाको नयाँ नेतृत्वले एनएसएल आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीसँगको अस्पष्ट र त्रुटीपूर्ण भएको बताएको छ । तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पा र एनएसएल आयोजकबीचको सम्झौता स्पष्ट नभएकोबारे एनएसएल आयोजकलाई आज एन्फा मुख्यालयमा बसेको अनौपचारिक बैठकमा जानकारी गराइएको छ ।

त्रुटीपूर्ण सम्झौतालाई परिमार्जन गरेर विवाद समाधान भएपछि मात्र दोस्रो संस्करणको एनएसएल हुने एन्फाले स्पष्ट गरेको छ ।

सम्झौता खारेज भन्दा पनि अन्योल भएका बुँदामा स्पष्ट हुँदै अगाडि बढ्नुपर्ने एनएसल आयोजकको माग छ ।

‘ए’ डिभिजन लिगका क्लबहरूसँगको सम्झौता बाँकी छँदै एनएसएलका टिमहरूले मार्की खेलाडीको रूपमा खेलाडी अनुबन्ध गरेपछि विवाद शुरु भएको थियो ।

अहिले विवाद उत्कर्समा पुगेपछि प्रतियोगिता अन्योलमा परेको हो। आगामी साउन २ गते बस्ने एन्फाको कार्यसमिति बैठकले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप र नेपाल सुपर लिग ९एनएसएल०को विषय टुङ्गो लगाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्