Main News

नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीद्वारा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता

हिमालय टिभी
२०७९ असार २६ गते १७:१०
नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीद्वारा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता

२६ असार २०७९ काठमाडौं । चार दिने भ्रमणका लागि काठमाडौं उत्रिएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेतृत्वको सात सदस्यीय टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा प्रधानमन्त्री देउवा र सीपीसीका विदेश विभाग प्रमुख जियान्चाओबीच द्वि–देशीय सम्बन्ध, चिनियाँ परियोजना वेल्ट एण्ड रोड इनिसिएटिभ वीआरआईको कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विदेश विभाग प्रमुख जियान्चाओले वीआरआईबारे चासो राखेको बताइएको छ । त्यस्तै प्रधानमन्त्री देउवाले नेपालमा चिनियाँ सहयोगको प्रसंशा गर्नुभएको थियो । प्रधानमन्त्रीसँगको भेटपछि चिनियाँ नेता जियान्चाओले परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग पनि आजै भेटवार्ता गर्नुभएको छ ।

सिंहदरवारमा भएको भेटवार्तामा आपसी हितका विषयमा छलफल भएको परराष्ट्रमन्त्रालयको सचिवालयले जनाएको छ । बुधबारसम्म बस्ने चिनियाँ टोलीको सम्मानमा परराष्ट्रमन्त्री खड्काले होटल मेरियटमा आजै रात्रिभोजको आयोगजना गर्दै हुनुहुन्छ ।

भोलि विहान चिनियाँ टोली साढे ९ बजेदेखि सवा १० बजेसम्म सुन्दरीजलस्थित विपी संग्रहालयको अवलोकनमा जाने छ । त्यहाँबाट फर्केपछि शान्ति निकुञ्ज स्कुलमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ । भोलि अपरान्ह ४ बजेदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होटल सोल्टीमा भेटघाटको कार्यसूची रहेको छ ।

त्यही प्रचण्डले चिनियाँ नेताको सम्मानमा रात्रिभोज आयोजना गर्नुहुनेछ । मंगलबार चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख जियान्चाओको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछ ।

त्यसैदिन अपरान्ह ४ बजे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा भेटवार्ता गर्ने कार्यक्रम छ । बुधबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ टोलीले शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *