आज पनि देशका केही स्थानमा पानी पर्ने सम्भावना

२६ असार २०७९ काठमाडौं । आज देशका केही स्थानमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।
मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति भने प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै भोलि दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै भोलि राति प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै नदी किनारा तथा भिरालो जमिन आसपासका बासिन्दालाई सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया