खेलकूद
इलिना रेबाकिना विम्बल्डन टेनिसको नयाँ च्याम्पियन
२०७९ असार २६ गते ८:२३

२६ असार २०७९ काठमाडौं । महिला एकलतर्फ काजकिस्तानकी इलिना रेबाकिना विम्बल्डन टेनिसको नयाँ च्याम्पियन बनेकी छिन् ।
उपाधि भिडन्तमा तेस्रो वरियताकी ट्युनिसियाकी ओन्स जाबेरलाई हराउँदै रेबाकिनाले पहिलो पटक विम्बल्डनको उपाधि उचालेकी हुन् । २३ वर्षीय रेबाकिनाको यो पहिलो ग्राण्डस्लाम उपाधि पनि हो ।
पहिलो सेटमा ३–६ ले पराजित भएकी रेबाकिनाले त्यसपछिका दुई सेट ६–२ र ६२ ले जितेकी थिइन् । १७औं वरियताकी रेबाकिना ग्राण्डस्लाम र विम्बल्डन जित्ने पहिलो काजाकिस्तानकी खेलाडी समेत बनिन् ।
पुरुष एकलतर्फको उपाधिका लागि आज साविक विजेता तथा शीर्ष वरियताका नोभाक जोकोभिच र निक किर्गियोसले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया