खेलकूद

गण्डकीमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका जारी (भिडियो रिपोर्टसहित)

२०७९ असार २४ गते १७:१८
गण्डकीमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका जारी (भिडियो रिपोर्टसहित)

२४ असार २०७९ काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका जारी भएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको आह्वानमा आज बसेको मूल आयोजक समितिको बैठकले प्रतियोगिता सञ्चालन निर्देशिका जारी गरेको हो ।

राष्ट्रिय खेलकुद मूल आयोजक समितिको अध्यक्षमा खेलकुदमन्त्री गहतराज र सदस्यमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तोकिएको छ ।

२७ सदस्यीय मूल आयोजक समितिका सदस्य सचिवको जिम्मेवारी राखेप सदस्यसचिव टंकलाल घिसिङलाई नै रहने निर्देशिकामा उल्लेख छ । ३ महिना पछि गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक तयारी अघि बढाउन बैठक डाएिको हो ।

प्रतियोगिताका लागि बजेट समेत निकासा भएको र कुनै पनि हालतमा यस पटक प्रतियोगिता नरोकिने खेलकुदमन्त्री गहतराजले बताए ।

बैठकमामन्त्री गहतराजसहित, राखेप सदस्य सचिव टंकलाल घिसिङ, सातै प्रदेशका सदस्य सचिव, विभागीय टोली र खेल संघका प्रतिनिधिहरुको उपस्थिति छ ।

२ वर्ष अघिनै आयोजना हुनुपर्ने नवौं राष्ट्रिय खेलकुद कोरोना जोखिमका कारण यस वर्षका लागि धकेलिएको हो । राखेपले यसअघिनै असोज २८ गते देखि कात्तिक ३ गतेसम्मका लागि प्रतियोगिताको मिति घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्