खेलकूद
राफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनल प्रवेश
२०७९ असार २३ गते ८:१९

२३ असार २०७९ काठमाडौं । पुरुष एकलतर्फ राफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
दोस्रो वरीयताका नाडालले अमेरिकाका टेलर फिरिट्जलाई ३–२ को संघर्षपूर्ण सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन् । ११ औं वरीयताका टेलरले पहिलो सेट ६–३ ले जिते । दोस्रो सेटमा भने नाडाल ७–५ ले विजयी भएका थिए ।
तेस्रो सेट टेलरले ६–३ ले जित निकाल्दै खेलमा फर्कने प्रयास गरे । तर त्यसपछिका दुई सेटमा भने नाडाल ७–५ र ७–६ ले विजयी भएका थिए ।
खेलका क्रममा घाइते समेत भएका नाडालले टेलरलाई हराउन ४ घण्टा २१ मिनेट लगाए । अब फाइनल प्रवेशका लागि नाडालले अष्ट्रेलियाका निक किर्गियोसको सामना गर्नेछन् ।
अर्को सेमिफाइनलमा शीर्ष वरियताका नोभाक जोकोभिच र नवौं वरियताका बेलायतका क्यामरुन नोरीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया