Main News

आज दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ असार २२ गते ९:०५
आज दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

२२ असार २०७९ काठमाडौं । आज दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मनसुनी वायुको प्रभाव रहेकाले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै भोलि दिउँसो देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

तर राति देशका अधिकाशं स्थानमा पानी पर्दा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *