ग्रामीण क्षेत्रका महिलामा आङ खस्ने समस्या अत्यधिक

२०७९ असार २२ गते ७:५३
ग्रामीण क्षेत्रका महिलामा आङ खस्ने समस्या अत्यधिक

२२ असार २०७९ बाँके । बर्दियाका ग्रामीण क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखापरेको छ ।

गुलरिया नगरपालिकाले १२ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा उक्त अवस्था जानकारीमा आएको हो ।

गुलरिया स्वास्थ्य शाखाका सिनियर अनमी विष्णु सापकोटाका अनुसार शिविरमा झडै ६०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । दश महिलाको पाठेघरमा रिङ राखिको उहाँले बताउनुभयो ।

जाँच गर्दा ४० वर्ष उमेर नाघेका महिलामा आङ खस्ने समस्या पाइएको छ । पाठेघर खस्ने रोगबाट पीडित महिलामध्ये एक चौथाइको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको सापकोटाले बताउनुभयो ।

विशेषतः थारू, दलित, मधेसी र सीमान्तकृत समुदायका महिला उक्त रोगबाट बढी पीडित रहेको सापकोटा बताउनुहुन्छ । केही महिनाअघि कार्यालयले आङ खस्ने रोगबाट पीडितमध्ये संवेदनशील अवस्थाका १५ जनाको निःशुल्क शल्यक्रिया गरेको थियो ।

कम उमेरमा विवाह गरेका, असुरक्षितरूपमा बच्चा जन्माएका र गर्भावस्थामा पोषिलो खानेकुरा नखाएका महिलामा पाठेघर खस्ने समस्या बढी देखिने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *