सरकारले संसदमा नयाँ नागरिकता विधेयक दर्ता गर्ने

२२ असार २०७९ काठमाडौं । सरकारले प्रतिनिधिसभाको बैठकमा नयाँ नागरिकता विधेयक दर्ता गराउने तयारी गरेको छ ।
मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको थियो । संशोधित विधेयक आजै बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी छ ।
प्रतिनिधिसभाको दैनिक सम्भावित कार्यसूचिमा भने नागरिकता विधेयकको विषय उल्लेख छैन । दैनिक सम्भावित कार्यसूचिमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्गसम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने उल्लेख छ ।
यस्तै प्रधानमन्त्री शेरबहादर दउवाले राष्टिय प्राकृतिक तथा वित्त आयोगको तेस्रो वार्षिक प्रतिवेदन, २०७८ पेश गर्नुहुनेछ । यस्तै रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि आजै पेस गर्ने तयारी छ ।
यसअतिरिक्त औषधि (तेस्रो संशोधन) विधेयक, २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९, कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक पनि पेस गर्ने तयारी भएको छ ।
प्रतिक्रिया