इलाम अस्पतालमा हेमोडाइलासिस सेवा शुरु, मिर्गौलाका बिरामीलाई राहत (भिडियो रिपोर्टसहित)

२०७९ असार २१ गते १८:३१
इलाम अस्पतालमा हेमोडाइलासिस सेवा शुरु, मिर्गौलाका बिरामीलाई राहत (भिडियो रिपोर्टसहित)

२१ असार २०७९ इलाम । इलाम जिल्लाको एकमात्र ठूलो सरकारी अस्पताल इलाम अस्पतालमा हेमोडाइलासिस सेवा शुरु गरेसँगै मिर्गौलाका बिरामीलाई राहत मिलेको छ । अस्पतालले डायलासिस गर्नका लागि तीन वटा मेसिन जडान गरेसँगै बिरामीलाई सहज भएको हो ।

पूर्वी पहाडका मिर्गौला बिरामीका लागि डायलासिस गराउनु झन्झटिलो र खर्चिलो थियो । तर, इलाम अस्पतालमा हेमोडाइलासिस सेवा शुरु भएपछि इलामसहित पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुमका बिरामीलाई सेवा लिन सहज भएको छ । आफ्नो गाउँघर नजिकै निःशुल्क डायलासिस गर्न पाउँदा सेवाग्राही खुसी भएका छन् ।

सेवा प्रवाहका लागि एक जना कर्मचारी इलाम नगरपालिकाले उपलब्ध गराएको छ भने बाँकी कर्मचारीको व्यवस्थापन अस्पतालले गरेको छ ।

मेसिन सञ्चालनका लागि इलाम अस्पतालका दुईजना स्टाफ नर्सले धरानको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट तीन महिनाको तालिम लिएका थिए । दैनिक दुई सिफ्टमा सेवा प्रवाह भइरहेको अस्पतालले जनाएको छ ।

इलाम अस्पताल, इलाम नगरपालिका, रोटरी क्लब अफ धरान र जिल्ला समन्वय समिति, इलामबीच सम्झौता भई सेवा थालिएको हो ।

जिल्लामा नै हेमोडाइलासिस सेवा संचालनमा आएपछि बिरामीले राहत महशुस गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *