Main News
रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, २६ जना घाइते
२०७९ असार २१ गते १४:२६
![रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, २६ जना घाइते](https://www.himalayatv.com/wp-content/uploads/2022/07/ramechhap-accident.jpg)
२१ असार २०७९ मन्थली । रामेछापको सुनापतिमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
१२ मध्ये ९ जनाको घटनास्थलमा र ३ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
रामेछापको सुनापति गाउँपालिकाको हिलेदेवीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८३९६ नम्बरको यात्रुवाहक बस सुनापति गाउँपालिका वडा नम्बर ५ स्थित बेलडाँडामा दुर्घटना भएको थियो ।
घाइते २६ मध्ये गम्भिर घाइते भएका ४ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । अन्य घाइतेको धुलिखेल अस्पतालमा उपचार भै रहेको छ ।
प्रतिक्रिया