Main News

प्रतिनिधि सभाको बैठक आज बस्दै

हिमालय टिभी
२०७९ असार २० गते ९:०४
प्रतिनिधि सभाको बैठक आज बस्दै

२० असार २०७९ काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

त्यसपछि प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पत्ति भएका विनियोजन विधेयक, २०७९, आर्थिक विधेयक, २०७९, राष्ठ्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन), २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने हुनेछ ।

राष्ट्रिय सभामा उत्पत्ति भएका तीन विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । जसमा औषधि (तेस्रो संशोधन) विधेयक, २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ र रेल्वे विधेयक, २०७९ रहेका छन् ।

यस्तै प्रधानमन्त्री शेर बहादुर देउवाले वार्षिक प्रतिवेदनको रुपमा नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷७८ पेश गर्नु हुने पनि कार्यसूची तय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *