खेलकूद

राफायल नाडाल विम्बल्डन टेनिसको चौथो चरणमा प्रवेश

हिमालय टिभी
२०७९ असार १९ गते ८:११
राफायल नाडाल विम्बल्डन टेनिसको चौथो चरणमा प्रवेश

१९ असार २०७९ काठमाडौं । स्पेनिस खेलाडी राफायल नाडाल विम्बल्डन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् ।

पुरूष एकलतर्फ इटालीका लोरेन्जो सोनेगोलाई सोझो सेटमा हराउँदै नाडाल चौथो चरणमा पुगेका हुन् । दोस्रो वरियताका नाडालले सोनेगोलाई ६–१, ६–२ र ६–४ को सेटमा हराए ।

नाडालले क्वार्टरफाइनल प्रवेशका लागि २१औं वरियताका नेदरल्याण्ड्सका बोटिक भान डी को सामना गर्नेछन् ।

त्यस्तै अष्ट्रेलियाका निक किर्गियोसले चौथो वरियताका ग्रीकका स्टेफानोस सिट्सिपासलाई ६–७, ६–४, ६–३ र ७६ को सेटमा हराउँदै चौथो चरणमा पुगे । यससँगै पुरूषतर्फ तेस्रो चरणका खेल सकिएका छन् ।

उता महिला एकलतर्फ शीर्ष वरियताकी इगा स्विटेकले तेस्रो चरणबाटै बाहिरिएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्