राजनीति
एमालेको सचिवालय बैठक बस्दै
२०७९ असार १९ गते ७:५७

१९ असार २०७९ काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।
आज बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको हो। केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका एजेण्डा तय गरिसकेको छ।
बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ।
केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय रहेको छ।
प्रतिक्रिया