खेलकूद

क्यानडा भ्रमणको पहिलो अभ्यास खेलमा नेपाल विजयी, अर्को खेल असार २० गते हुँदै

हिमालय टिभी
२०७९ असार १८ गते ९:२६
क्यानडा भ्रमणको पहिलो अभ्यास खेलमा नेपाल विजयी, अर्को खेल असार २० गते हुँदै

१८ असार २०७९ काठमाडौं । नेपालले क्यानडा भ्रमणमा पहिलो अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको छ ।

जितका लागि २ सय २० रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २० रन बनायो ।

नेपालले अब क्यानाडासँग दुई एकदिवसिय खेलपछि टोली स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।

नेपाललाई आगामी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधै खेल्न र ओडिआई मान्यतालाई निरन्तरता दिन बाँकी सबै खेल खेल्नुपर्ने हुन्छ ।

नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अङ्क जोड्दै पाँचौ स्थानमा छ । अर्को खेल असार २० गते नेपालले र २१ गते क्यानडासँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्