खेलकूद

महिला साफ भदौमा गर्न प्रस्ताव गरिँदै

हिमालय टिभी
२०७९ असार १८ गते ८:०१
महिला साफ भदौमा गर्न प्रस्ताव गरिँदै

१८ असार २०७९ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला साफ च्याम्पियनसिप दक्षिण एसियाली फुटबल महासंघ (साफ) समक्ष प्रस्ताव पेश गर्दैछ ।

एन्फाले भदौ महिनामा महिला साफ प्रतियोगिता आयोजनाका लागि आज औपचारिक प्रस्ताव पेश गर्न लागेको हो । साफको कंग्रेस बंगलादेशको ढाकामा बस्दैछ । कंग्रेसमा साफ सदस्यबीच फुटबल विकासको विषयमा छलफल हुनेछ ।

एन्फा महासचिव किरण राईले कंग्रेसमा प्रतियोगिता आयोजनाका लागि प्रस्ताव पेश गर्नुहुनेछ । यसअघि हिजो महासचिव राई सहितको टोलीले साफ महासचिव अनवरुल हक हेलालसँग भेट गर्दै प्रतियोगिताको मिति प्रस्ताव गरेको थियो ।

जस अनुसार भदौ १३ देखि २५ गतेसम्म प्रतियोगिता काठमाडौंमा आयोजना गर्न एन्फाले स्वीकृति मागेको थियो । एन्फाको प्रस्तावमा साफ महासचिव हेलाल सकारात्मक रहेको र साफ कंग्रेसमा प्रस्ताव लगिने बताइएको छ ।

नेपालले यसअघि विराटनगरमा पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । साफको कंग्रेसमा नेपालबाट महासचिव राई, न्यूरोड टिमका अध्यक्ष सुन्दरनरसिंह जोशी र एन्फाका पूर्व सदस्य विकास नारायण श्रेष्ठले सहभागी हुनुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्