खेलकूद

एन्फा टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

हिमालय टिभी
२०७९ असार १५ गते १४:२८
एन्फा टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

१५ असार २०७९ काठमाडौं । प्रधानमन्त्री शेरबाहदुर देउवाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नवनिर्वाचित टोलीलाई आज बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहितको निर्वाचित टोलीलाई प्रधानमन्त्री देउवाले बधाई तथा शुभकामना दिनुभएको हो । कार्यक्रममा प्रधानमन्त्री देउवाले फुटबल खेलको विकासको लागि सरकारले सदैव सहयोग गर्ने बताउनुभयो ।
यही असार ६ गते भएको एन्फाको निर्वाचनमा नेम्वाङ चार वर्षका लागि एन्फा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

निर्वाचित हुने अन्य टोलीमा वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षमा दावा लामा, दीपक खतिवडा, विराटजङ्ग शाही र दीर्घबहादुर केसी हुनुहुन्छ । त्यसैगरी सदस्यहरुमा रवीन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विजयनारायण श्रेष्ठ, रमेश व्यञ्जनकार, भरत बुढथापा, टीका लामा, मणिराज विष्ट र मनिष जोशी हुनुहुन्छ ।

महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.