साहसिक खेल र्‍याफ्टिङमा न बीमा न रेस्क्यु टिम नै (भिडियो रिपोर्टसहित)

२०७९ असार १४ गते १७:५३
साहसिक खेल र्‍याफ्टिङमा न बीमा न रेस्क्यु टिम नै (भिडियो रिपोर्टसहित)

१४ असार २०७९ धादिङ । साहसिक खेलका पारखीका लागि र्‍याफ्टिङ रोजाइमा पर्दै आएको छ । तर, मनोरञ्जनसँगै खतरा पनि रहेको र्‍याफ्टिङका कमै संचालकले मात्र दुर्घटना बीमा गर्दै आएका छन् ।

सबैजसो जोखिमयुक्त क्षेत्रमा दुर्घटना तथा जीवन बीमा अनिवार्य भएपनि र्‍याफ्टिङमा भने न पर्यटकको बीमा गरिएको हुन्छ नत रेस्क्यू गर्ने टीमको नै ।

र्‍याफ्टिङका पारखीका लागि त्रिशुली र भोटेकोशी नदी आकर्षणको केन्द्र हो । संघीय राजधानीबाट नजिक र पहुँचका हिसाबमा पनि सहज भएकाले त्रिशुली नदीमा धेरैले र्‍याफ्टिङ व्यावसाय गर्दै आएका छन् ।

पछिल्ला वर्षहरुमा जलयात्रा गर्नेको संख्या पनि बढ्दै गएको छ । साहसिक जलयात्रा गरेर मनोरञ्जन लिनेको संख्यासँगै जोखिम पनि बढिरहेको छ । तर नेपालका नदी नालामा जलयात्रा व्यवसाय फस्टाउँदै गएपनि जीवन बीमा गर्न भने कसैको चासो छैन ।

जोखिमपूर्ण र साहसिक जलयात्रामा आवश्यक सुरक्षा सावधानी अपनाइएकाले कतिपय पर्यटक सुरक्षित महशुस गर्छन् ।

व्यवसायीले पनि अहिलेसम्म कुनै अप्रिय घटनाको अनुभव गर्नु परेको छैन । तर, जीवन बीमा गर्नुपर्नेमा असहमत पनि छैनन् ।

जलयात्रामा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने र र्‍याफ्टिङ बोट दुर्घटना भएमा उद्धारको काम गर्ने कतिपय उद्धारकर्ता अर्थात सेफ्टी कायकरकै जीवन बीमा भएको छैन । उनीहरु पनि आफ्नो पेशालाई भरपर्दो र सुरक्षित बनाउनुपर्नेमा जोड दिन्छन् ।

जलयात्रा गर्ने र गराउनेको संख्या र आकर्षण बढ्नु आफैंमा सुखद र सकारात्मक छ । तर यसलाई आवश्यकता अनुसार नियमन गर्न भने ढिलाई गर्नु हुँदैन् । नियमन र व्यवस्थित जलयात्रासँग सम्बन्धित पर्यटन उद्योगले दिने सन्देश पनि राम्रो जान सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *