Main News

एकीकृत समाजवादी केन्द्रीय परिषद् बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७९ असार १४ गते ९:०७
एकीकृत समाजवादी केन्द्रीय परिषद् बैठक आज पनि बस्दै

१४ असार २०७९ काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषद् बैठक आज पनि बस्दैछ ।

बैठक सोमबारदेखि शुरु भएको हो । अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको प्रतिवेदनमाथि आज छलफल हुनेछ । बैठकले उक्त प्रतिवेदनलाई पारित गर्ने कार्यसूची रहेको नेता गंगालाल तुलाधरले जानकारी दिनुभयो ।

अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्ययोजनासम्म समेटिएका छन् । राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गरिएको छ ।

एकीकृत समाजवादीसमेत सम्मिलित पाँच दलीय गठबन्धनलाई ‘वाम–लोकतान्त्रिक धार’को रूपमा नेपालले व्याख्या गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *