खेलकूद

मलेसियामा अभागी सावित हुँदै नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता (भिडियो रिपोर्टसहित)

२०७९ असार १३ गते २१:१४
मलेसियामा अभागी सावित हुँदै नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता (भिडियो रिपोर्टसहित)

१३ असार २०७९ काठमाडौं । एसीसी महिला ट्वेन्टी–ट्वेन्टी च्याम्पियनसिपमा सहभागी भएर महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।

सेमिफाइनलमा जित नजिक पुगे पनि वर्षा बाधक बन्दा एसिया कप खेल्ने नेपालको यात्रामा पूर्ण विराम लागेको थियो। तर च्याम्पियनसिपमा गरेको प्रदर्शनबाट हौसिएका खेलाडीहरु निरन्तर अभ्यास र म्याच एक्सपोजर पाएको खण्डमा आगामी प्रतियोगितामा उपाधि जित्नेमा आशावादी छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको महिला राष्ट्रिय क्रिकेट टोली मलेसियामा सम्पन्न एसीसी महिला ट्वेन्टी ट्वेन्टी च्याम्पियनसिपमा अभागी साबित भयो ।

एसिया कपमा स्थान बनाउन एक कदममात्र बाँकी हुँदा वर्षा बाधक बनेपछि नेपालको यात्रामा पूर्ण विराम लाग्यो । जित नजिकै आएपछि वर्षाका कारण खेल गुमाउँदा निराश खेलाडीहरु आफ्नो प्रदर्शनमा भने सन्तुष्ट छन् । निरन्तर अभ्यास र म्याच एक्सपोजर पाएको खण्डमा उत्कृष्ट नतिजा दिलाउन सक्ने कप्तान रुबिना क्षेत्रीको विश्वास छ ।

पहिलो सेमिफाइनलमा युएईलाई ८१ रनमा रोक्दै झिनो लक्ष्य पाएको नेपालले आफ्नो इनिङ सुरु नगर्दै वर्षा बाधक बन्दा खेल रद्द गरियो । हातैमा आएको खेल गुमाए पनि खेलाडीको हौसला भने कम भएको छैन् । च्याम्पियनसिपमा उत्कृष्ट बलिङ गरेकी अस्मिना कर्माचार्यले पनि भ्रमण अनुभव लिने राम्रो मौका मिलेको प्रतिक्रिया दिइन् ।

खेलाडीलाई जस्तै पीडा प्रशिक्षकलाई पनि छ । आईसिसी र एसिसिले आयोजना गर्ने यस्ता ठूला प्रतियोगितामा कम्तीमा पनि रिजर्भ डे को आवश्यक भए पनि च्याम्पियनसिपमा त्यो नभएको उनको गुनासो छ ।

१० टोली सहभागि च्याम्पियनसिपको फाइनल पुगेका मलेसिया र युएईले एसिया कपमा स्थान बनाएका छन् । समुह बी मा नेपालले ४ खेलमध्ये ३ खेल जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्