खेलकूद

यस्तो रह्यो एसीसी महिला ट्वेन्टी–ट्वेन्टी च्याम्पियनसिमा नेपाली टोलीको अनुभव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १३ गते १५:०३
यस्तो रह्यो एसीसी महिला ट्वेन्टी–ट्वेन्टी च्याम्पियनसिमा नेपाली टोलीको अनुभव (भिडियो रिपोर्टसहित)

१३ असार २०७९ काठमाडौं । एसीसी महिला ट्वेन्टी–ट्वेन्टी च्याम्पियनसिपमा सहभागी भएर महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।

च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरीएको नेपाली टोली आज बिहान नेपाल आएको हो । सेमिफाइनलमा युएईलाई सस्तैमा रोके पनि दोस्रो इनिङ सुरु हुने बेला वर्षा बाधक बन्दा नेपाल अभागी साबित भयो ।

खेल रद्द भएपछि समुह विजेताका रुपमा युएई फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा खेलाडीको प्रदर्शनबाट सन्तुष्ट भए पनि म्याच एक्पोजरको खाँचो भएको टोलीको निष्कर्ष छ ।

च्याम्पियनसिपको समुह बी मा नेपाल ४ खेल मध्ये ३ खेल जित्दै उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो ।एसिया कप खेल्ने लक्ष्य लिएको नेपाल जित नजिक पुगेर पनि खाली हात फर्कन बाध्य भयो ।

फाइनलमा मलेसियालाई हराएर युएईले उपाधि जितेको थियो । फाइनल खेल्ने दुई टोली मलेसिया र यूएई एसिया कपका लागि छनोट भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्