Main News

संसदमा कोरम नपुग्दा मन्त्रीले राखेको प्रस्ताव पारित हुन सकेन

हिमालय टिभी
२०७९ असार १२ गते १८:०२
संसदमा कोरम नपुग्दा मन्त्रीले राखेको प्रस्ताव पारित हुन सकेन

१२ असार २०७९ काठमाडौं । प्रतिनिधि सभा बैठकमा गणपुरक संख्या नपुगेका कारण मन्त्रीले राखेको प्रस्ताव पारित हुन सकेन ।

प्रतिनिधि सभामा गणपुरक संख्या नपुगेका कारण कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले राखेको नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित हुन् नसकेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न लागेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद झपट रावलले गणपुरक संख्या नपुगेकाले प्रस्ताव पारित हुन नसक्ने बताउनुभयाे ।

लगत्तै गणपुरक संख्या गणना हुँदा प्रस्तावलाई निर्णयार्थ पेश गर्न ६९ जना प्रतिनिधि सभा सदस्य हुनुपर्नेमा ६३ जना मात्रै उपस्थित भएका थिए । सांसदहरु बैठकमा पूरा समय नबस्ने गरेको भन्दै आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *