Main News

इलामको दहगाउँमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

हिमालय टिभी
२०७९ असार १२ गते १७:५७
इलामको दहगाउँमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

१२ असार २०७९ इलाम । इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर २ दहगाउँस्थित भित्री सडक खण्डमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र इलाम माङसेबुङ गाउँपालिका ६ का ५० वर्षीय प्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाँचथरको रविबाट झापाको दमकका लागि छुटेको मे १ ज ४८७ नम्बरको जीप दुर्घटना भएको हो । चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *