Main News
नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको छ : सभामुख सापकोटा (भिडियो रिपोर्टसहित)
२०७९ असार १२ गते १७:२९
१२ असार २०७९ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले गरेको कार्यक्रममा सभामुख सापकोटाले वर्तमान संसदबाट नै पास गर्ने गरी प्रधानमन्त्री र प्रमुख राजनीतिक दलसँग नागरिकता विधेयकको विषयमा निरन्तर छलफल भइरहेको बताउनुभयो ।
सभामुख सापकोटाले संसदमा नागरिकता विधेयक अड्किएर बसेकाले दर्जनभन्दा बढी ज्ञापनपत्र आउने गरेको बताउनुभयो ।
सभामुख सापकोटाले देशमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउनुभयो ।
प्रतिक्रिया