राजनीति

केही मन्त्रीले आफूलाई राजीनामा बुझाइसकेको अध्यक्ष नेपालको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १२ गते १४:३१
केही मन्त्रीले आफूलाई राजीनामा बुझाइसकेको अध्यक्ष नेपालको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

१२ असार २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताउनुभएको छ ।

अखिल नेपाल महिला संघ समाजवादीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केही मन्त्रीहरुले राजीनामा बुझाउँदै पार्टीले आवश्यकता अनुसार गरोस भनेको जानकारी दिनुभयो ।

उहाँले अन्य मन्त्रीहरुले पनि आफूलाई राजीनामा पत्र पठाउने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले आगामी निर्वाचनमा गठबन्धन नभए पनि सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनेगरी तयार रहन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक मत जम्मा गर्नका लागि सबै निर्वाचन क्षेत्रमा डमी उम्मेदवारको रुपमा भए पनि उम्मेदवार खडा गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष नेपालले संगठन निर्माण र प्रचारप्रसारको काममा सक्रियतापूर्वक लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्