Main News

संक्रमणकालीन न्याय टुंग्याउन सरकार प्रतिबद्धः कानूनमन्त्री (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १२ गते १४:०६
संक्रमणकालीन न्याय टुंग्याउन सरकार प्रतिबद्धः कानूनमन्त्री (भिडियो रिपोर्टसहित)

१२ असार २०७९ काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सशस्त्र द्वन्द्वको क्रममा भएका बेपत्ता, हत्यालगायतका मानव अधिकार उल्लंघनका घटनामा योजना बनाएर काम अघि बढिसकेको बताउनुभएको छ।

राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ मा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले कानून संशोधन भएलगत्तै आयोगमा आवश्यक सुधार गरेर संक्रमणकालीन न्यायलाई टुंग्याउनेतर्फ सरकार अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।

मन्त्री कोइरालाले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता, निष्पक्षता, नहेरी आफ्नो मान्छे नियुक्ति गर्नाले समस्या भइरहेको बताउनु भयो ।

उहाँले न्यायपालिकाका बेथिति र विसंगतिविरुद्ध परेका उजुरीहरु फस्छ्र्यौट गर्ने काम अघि बढाइसकेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *