पुल निर्माणका लागि राखिएको संरचना बाढीले यसरी बगायो

हिमालय टिभी
२०७९ असार १२ गते १३:२२
पुल निर्माणका लागि राखिएको संरचना बाढीले यसरी बगायो

१२ असार २०७९ चरिकोट । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ को झोरुङ खोलामा पुल निर्माणका लागि राखिएको संरचना बाढीले भत्काएको छ ।

पुल ढलान गर्ने तयारी अनुसार टेका लगाएर फर्मा राखिएको थियो । त्यहाँ छड बाँध्ने तयारी भइरहेको थियो ।

ठाडो खोलामा आएको बाढीले भत्काइदिएको छ। तर प्राविधिक रुपमा गडबडीको शंका लागेपछि गाउँपालिकाले जेठ मसान्तमै काम रोक्न ठेकेदारलाई निर्देशन दिएको थियो ।

३ करोड ४७ लाख लागत इस्टिमेट गरिएको पुल २ करोड १६ लाख रुपैयाँमा त्रिवेणी वानियाँ लाफा जेभीले काम गर्दै आएको थियो ।

पुलमा सिंगटी हाइड्रोपावरको ८० प्रतिशत र बिगु गाउँपालिकाले २० प्रतिशत लगानी गरेका थिए । पुलले विगु गाउँपालिकाको वडा नम्बर ४ लाई ५, ६, ७ र ८ वडासँग जोड्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *