Main News

उडान रोक्ने घोषणा गरेका वायु सेवा सञ्चालक पछि हटे

हिमालय टिभी
२०७९ असार ८ गते ८:०१
उडान रोक्ने घोषणा गरेका वायु सेवा सञ्चालक पछि हटे

उडान ८ असार २०७९ काठमाडौं । सरकारले एकतर्फी निर्णय लाद्न खोजेको आरोपमा उडान रोक्ने घोषणा गरेका वायुसेवा सञ्चालकहरू पछि हटेका छन् ।

हड्ताल गर्नेलाई अत्यावश्यक सेवा ऐनअन्तर्गत धरपकड गर्ने र वायुसेवाको इजाजत खारेज गर्नेसम्मको चेतावनी सरकारले दिएको थियो । लगत्तै प्रधानमन्त्री कार्यालय र वायुसेवा सञ्चालक संघबीच मध्यरातमा बालुवाटारमा वार्ता भएको थियो ।

वार्तामा तत्काललाई उडान सञ्चालन गर्ने सहमति भएको छ । यसअतिरक्त संघका मागबारे आज मध्याह्न वार्तामार्फत सहमति खोज्ने दुवै पक्ष एकमत भएको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा भीड बढेको भन्दै नागरिक उड्डयन प्राधिकरणले जहाजले काठमाडौंबाहिरै अनिवार्य रात्रि बिसान (नाइट स्टप) गर्नुपर्ने तथा पहिलो उडान उताको विमानस्थलबाट हुनुपर्ने निर्णय गरेको थियो ।

देशभर उडान गर्दै आएका नौवटा वायुसेवा कम्पनीका ५२ वटा विमानमध्ये २२ वटालाई मोफसलका ७ ठाउँमा ‘नाइट स्टप’ गर्न भनिएको थियो ।

त्यस्तै ११ वटा हेलिकोप्टर कम्पनीका ३८ मध्ये २१ वटालाई दुर्गम तथा पहाडका चार विमानस्थलमा बस्न भनिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *