राजनीति

एसपीपी अघि बढाउनेहरुको नामावली संसदलाई जानकारी माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार ७ गते १७:४४
एसपीपी अघि बढाउनेहरुको नामावली संसदलाई जानकारी माग (भिडियो रिपोर्टसहित)

७ असार २०७९ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता भीमबहादुर रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने कार्यमा संलग्नहरुको नामावली संसदलाई जानकारी गराउन माग गर्नु भएको छ ।

सत्तापक्षका सांसदहरुले आफ्ना पार्टीका अध्यक्ष केपी ओलीलाई पनि सो घटनामा मुछेको उल्लेख गर्दै नेता रावलले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई अमेरिकी राजदूतलाई पत्र पठाउन निर्देशन दिने तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, सो प्रक्रियालाई अघि बढाउन निर्देशन दिने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल कसले राष्ट्रघात गरेका हुन ? त्यसबारे संसदलाई जानकारी गराउन प्रधानमन्त्री देउवासँग माग गर्नु भएको हो ।

त्यस अवसरमा उहाँले सो प्रोग्रामबारे संसद र संसदीय समितिलाई यथार्थ जानकारी यसअघि नदिएर प्रधानमन्त्री देउवाले संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन गरेको आरोप समेत लगाउनु भयो

नेता रावलले परराष्ट्र नीति नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राखेर अघि बढाउन पनि सरकारलाई सचेत गराउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्