भोलिदेखि उडान रोक्ने वायु सेवा सञ्चालक संघको घोषणा (भिडियो रिपोर्टसहित)

७ असार २०७९ काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले भोलिदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ ।
संघले आज पत्रकारसम्मेलन नै गरेर ५ बुँदे माग अघि सार्दै माग पुरा नभएसम्मका लागि उडान रोक्ने घोषणा गरेको हो ।
पत्रकारसम्मेलनमा संघले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पुरानै शुल्क कायम गर्न माग गरेको छ ।
यस्तै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालिन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायत भौतिक पूर्वाधारका लागि स्थान उपलब्ध गराउनुपर्ने लगायतका माग राखेको छ ।
नागरिक उड्डयन प्राधिकरणले असार ५ गतेदेखि लागु गरेको अपरेटिङ बेसका प्रावधानहरु खारेज गर्न पनि संघले माग गरेको छ ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विमानस्थलहरुबाट सम्पूर्ण विमान सेवा कम्पनीहरुले विना अवरोध सेवा यथावत सञ्चालन गर्न पाउनुपर्ने माग पनि राखेको छ ।
प्रतिक्रिया