उच्च अदालत सुर्खेतद्धारा लक्ष्यभन्दा बढी मुद्दा फर्स्योट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार ६ गते १७:१०
उच्च अदालत सुर्खेतद्धारा लक्ष्यभन्दा बढी मुद्दा फर्स्योट (भिडियो रिपोर्टसहित)

६ असार २०७९ सुर्खेत । उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्षको लक्ष्य भन्दा १ सय ५० प्रतिशत बढी मुद्दा फर्स्योट गरेको छ ।

यो वर्षको असार मसान्तसम्म ५ सय ६० मुद्दाको टुंगो लगाउने लक्ष्य राखेको अदालतले जेठ मसान्तसम्म ६ सय ७५ थान मुद्दा फर्स्योट गरेको हो । जुन कुल मुद्दाको ६७ दशमलव १० प्रतिशत हुन आउँछ ।

सुर्खेत उच्च अदालतमा चालु आर्थिक वर्षमा १ हजार ६ थान मुद्दा थिए । जसमध्ये अदालतमा ६ महिनाभित्र दर्ता भएका २ सय २५ थान, ६ महिना नाघेका ९० थान, १ वर्ष नाघेका ६ थान र १८ महिना नाघेका १० थान गरी ३ सय ३१ मुद्दा बाँकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *