Main News

प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा विवाद (भिडियो रिपोर्टसहित)

२०७९ असार ५ गते १८:५३
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा विवाद (भिडियो रिपोर्टसहित)

५ असार २०७९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय संसद र संसदीय समितिलाई बेवास्था गरिरहनु भएको छ । संसद र संसदीय समितिमा कमै उपस्थित हुने देउवा आज अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा अनुपस्थित हुँदा चर्को आलोचना भएको हो ।

राष्ट्रको कार्यकारी प्रमुख पद हो प्रधानमन्त्री । संसदमा उठेका प्रश्नको जवाफ दिनु प्रधानमन्त्रीको नैतिक र संवैधानिक दायित्व हो । तर, प्रधानमन्त्री शेरवहादुर देउवा यो विषयमा गम्भिर देखिनुभएको छैन । पछिल्लो समय प्रधानमन्त्री देउवा संसद र संसदीय समितिमा भन्दा व्यक्तिगत र निजी संघसंस्थाकै कार्यक्रम रुमलिन रहनु भएको छ ।

संसदमा बजेटमाथिको छलफलमा चलिरहँदा बैठकमा उपस्थित नएका प्रधानमन्त्रीले आफूले नेतृत्व गरेको मन्त्रालयको जवाफ दिन पनि अरु मन्त्रीलाई लगाउनुभयो । प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणलाई लिएर सांसदहरुले जवाफ मागिरहेका छन । तर प्रधानमन्त्रीले जवाफ दिन आवश्यक नै ठान्नु भएको छैन । यही विषयमा छलफलका लागि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलायो । तर प्रधानमन्त्री उपस्थित हुनु भएन ।

प्रधानमन्त्रीको अनुपस्थितिले संसदीय समितिको अपमान र अवमुल्यन भएको सांसदहरुले टिप्पणी गरेका छन् । संसदीय समितिको बैठकमा प्रधानमन्त्री नआउने अवस्था कि अस्वस्थता वा कुनै विशेष घटना भए मात्रै हुने भन्दै एमालेले अनुपस्थितिमा आपत्ति जनायो । एमाले सांसद भीम रावलले बैठकमा खेद प्रस्ताव नै ल्याउनुपर्ने माग गर्नुभयो ।

समितिको बैठकमा प्रमुख प्रतिपक्षि दल एमालेका सांसदले मात्रै हैन सत्तारुढ नेकपा माओवादीका केन्द्रका सांसदले पनि प्रधानमन्त्रीको अनुपस्थिति प्रति असन्तुष्टि व्यक्त गरे । तर, सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस भने प्रधामन्त्रीको बचाउमा राम्रैसँग उत्रियो ।

बैठकमा सदस्यहरुबीच विवाद भइरहेका बेला समितिले प्रधानमन्त्री देउवा बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गर्‍यो । तर यो निर्णयमा पनि काँग्रेसले आपत्ति जनायो । समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० का लागि भएका सम्पूर्ण पत्र झिकाउने निणर्य गर्‍यो अनि बैठकको बिट मार्‍यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *