Main News

एसपीपीबारे प्रदीप ज्ञवाली : यत्रो दुस्साहस कहाँबाट पलायो होला ? खोजी गर्नैपर्छ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार ५ गते १८:४०
एसपीपीबारे प्रदीप ज्ञवाली : यत्रो दुस्साहस कहाँबाट पलायो होला ? खोजी गर्नैपर्छ (भिडियो रिपोर्टसहित)

५ असार २०७९ काठमाडौं । नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको ड्राफ्ट बाहिरिएको सम्बन्धमा खोजि हुनुपर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद ज्ञवालीले एसपीपी सम्झौताको ड्राफ्टलाई बेवारिसे भनेर टार्न खोजिएको बताउनुभयो । उहाँले सम्झौताको विषय गम्भीर भएको भन्दै राज्यका निकायहरुमा कसरी र कहाँ–कहाँबाट पुग्यो यसको उद्गमको खोजि गर्नुपर्ने बताउनु भयो ।

सांसद ज्ञवालीले कसैको व्यक्तिगत रिसले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग लगाएर न्यायालयलाई विवादमा तानिएको बताउनुभयो । उहाँले नेपाली सेनालाई पनि विवादमा ल्याउन खोजिएको बताउनुभयो ।

सांसद ज्ञवालीले राज्यका विभिन्न निकायहरुले अन्तर्राष्ट्रियस्तरमा पत्राचार गर्नुपर्दा सम्बन्धित मन्त्रालयहरुको समेत अनिवार्य रुपमा राय लिएर परराष्ट्र मन्त्रालयमार्फत गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *