Main News

बाढी र पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव

हिमालय टिभी
२०७९ असार ५ गते ९:०७
बाढी र पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव

५ असार २०७९ काठमाडौं । आज देशका धेरै ठाउँमा पानी पर्ने भएकाले बाढी र पहिरोको जोखिम रहेको छ ।

विशेषगरी प्रदेश १, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी परेसँगै यी प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन सबैसँग अनुरोध गरेको छ ।

हाल प्रदेश १, मधेश, बागमती, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । यसकै कारणले रातिदेखि नै धेरै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *