राजनीति

कूटनीतिक विषयमा सेना विवादमा पर्नु दुखद : महामन्त्री शर्मा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार ४ गते १८:२७
कूटनीतिक विषयमा सेना विवादमा पर्नु दुखद : महामन्त्री शर्मा (भिडियो रिपोर्टसहित)

४ असार २०७९ काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी कार्यक्रम अघि नबढ्ने बताउनुभएको छ ।

केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको बताउनु भएको छ ।

नेपाल शिक्षक संघ, ललितपुरले आज गरेको कार्यक्रममा महामन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाले एसपीपी राष्ट्रको हितमा नभएकाले अघि नबढाउने स्पष्ट पारिसकेको बताउनुभयो ।

नेपालले अमेरिका, भारत, चीन कुनै पनि मुलुकबाट देश र जनताको हितका लागि सहयोग लिन सक्ने तर सैन्य गतिविधिमा भने कहिल्यै पनि सहभागी नहुने शर्माको दाबी छ ।

महामन्त्री शर्माले एमालेले आफ्नो पार्टीलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि त्यसको २४ घण्टा नबित्दै एसपीपी ओली नेतृत्वकै सरकारले अघि बढाएको खुलेको बताउनु भयो ।

उहाँले कूटनीतिक मर्यादा विपरीत एसपीपीमा सहभागी भएर नेपाली सेना पनि विवादमा मुछिएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको शैक्षिक क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्