Main News

एमसीसीको पक्षमा उभिएका गगन थाापा एसपीपीको भने विपक्षमा (भिडियो रिपोर्टसहित)

२०७९ असार १ गते १३:००
एमसीसीको पक्षमा उभिएका गगन थाापा एसपीपीको भने विपक्षमा (भिडियो रिपोर्टसहित)

१ असार २०७९ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले अमेरिकासँग गर्न लागेको भनिएको एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले कुनै पनि शक्तिराष्ट्रको सामरिक स्वार्थ जोडिएको कार्यक्रममा नेपाल सहभागी हुन नहुने बताउनुभयो ।

सांसद थापाले नेपालको संविधानले यस्तो खाले सम्झौता गर्न छुट नदिने उल्लेख गर्दै आपत्ति जनाउनुभएको हो ।

सांसद थापाले सबै शक्ति राष्ट्रसँग मिलेर काम गर्न समस्या नभए पनि सेना संलग्न हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी हुन नहुने बताउनुभयो ।

एसपीपी सम्झौताबारे रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले आजै सदनमा जवाफ दिनुपर्ने थापाको माग छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *