Main News
आज देशका सात वटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै
२०७९ असार १ गते ७:३७
१ असार २०७९ काठमाडौं । सात वटै प्रदेश सरकारले संवैधानिक व्यवस्था अनुसार आज आगामी आर्थिक वर्ष २०७९–८० को बजेट ल्याउँदै छन्।
सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन्। सातै प्रदेश सरकारका नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।
यस्तै शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको छ । गत आर्थिक वर्षमा सातै प्रदेशले सवा दुई खर्बभन्दा बढीको बजेट ल्याएका थिए।
तर प्रदेश सरकारले पनि खर्च गर्न नसक्दा अधिकांश आयोजना अधुरै छन् ।
प्रतिक्रिया