Main News

विवाद र अर्थमन्त्री जनार्दन शर्मा पर्यायवाची शब्द जस्तै…(भिडियो रिपोर्टसहित)

२०७९ जेठ ३१ गते २१:०२
विवाद र अर्थमन्त्री जनार्दन शर्मा पर्यायवाची शब्द जस्तै…(भिडियो रिपोर्टसहित)

३१ जेठ २०७९ काठमाडौं । विवाद र अर्थमन्त्री जनार्दन शर्मा पर्यायवाची शब्द जस्तै बन्न थालेको छ । कहिले गभर्नर प्रकरण त कहिले आर्थिक संकट समाधानमा कदम चाल्न नसक्नु अर्थमन्त्री शर्माको कमजोरी रह्यो । त्योभन्दा गम्भीर आरोप त बजेटमा अनधिकृत व्यक्तिलाई हस्तक्षेप गर्न दिएको विषय बनेको छ ।

आर्थिक वर्ष २०७९–८० को बजेट बनाउने क्रममा मध्यराति अनधिकृत व्यक्तिले कैंची चलाउन दिएको आरोप अर्थमन्त्री शर्मालाई लागेको छ । फलाम, छड, जस्ता, क्लिंकर, स्यानिटरी प्याड, जुत्ता, टायल, विद्युत महसुल, जग्गा हदबन्दी जस्ता विषयमा अर्थमन्त्रीले ल्याएको राजस्व छुटमा देखाएको सदासयताले शंका बलियो बनाएको छ ।

सदनदेखि सडकसम्म आरोप लागिरहँदा अर्थमन्त्री शर्माले संसदमा खण्डन गर्नुभएको छ । उहाँले आफूलाई लागेको आरोप भ्रमपूर्ण र कपोकल्पित भएको बताउनुभएको छ ।

अर्थमन्त्री शर्माले आफ्नो नेतृत्वमा सचिवद्वय र मन्त्रालयका सम्वन्धित महाशाखा प्रमुख तथा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक समेतको सहभागितामा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक बनाइएको दाबी गर्नुभयो ।

तर अर्थमन्त्रीको जवाफमा सत्य के हो भन्ने बाहिर आउने सकेको छैन । प्रमुख प्रतिपक्ष दल एमालले असम्बधित पक्ष मध्यरातमा मन्त्रालयको गएको बारे छानबिन गर्न माग गरेको छ । यस्तै उक्त दिनको मन्त्रालयको सिसीटिभिको रेकर्ड देखाउन पनि माग गरिएको छ ।

अर्थमन्त्रीले बजेट ल्याउन सेटिङ, व्यापारिक घरानालाई लाभ हुने गरी करका दरलाई हेरफेरले प्रश्न अर्थमन्त्रीलाई मात्र होइन सरकारप्रति तोर्सिएको छ । स्वार्थ समूहको प्रभाव देखिने बजेटले थुपै आंशका पैदा गराएको छ । त्यसैले यसको छिट्टै छानबिन गरेर अगाडि बढ्नुको बिकल्प छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *