Main News

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वलीलाई बर्खास्त गर्न माग

हिमालय टिभी
२०७९ जेठ ३१ गते १८:४३
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वलीलाई बर्खास्त गर्न माग

३१ जेठ २०७९ बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई बर्खास्त गर्न एमालेले माग गरेको छ।

महिला र बालिकामाथि हातपात गर्ने व्यक्ति राज्यमन्त्री रहिरहन नसक्ने बताउँदै नैतिकताको आधारमा आजकै मितिदेखि बर्खास्त गर्न एमालेले आग्रह गरेको हो ।

लुम्बिनी प्रदेश सभामा एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले मन्त्रीको यस्तो व्यवहारले प्रदेश सरकार, प्रदेशसभा र प्रदेशबासीकै शिर निहुरिएकोले तत्काल आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउनु बताउनुभयो ।

राज्यमन्त्री वलीविरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको छ । वलीले घरको बेडरुममै गएर आफू र छोरीलाई कुटपीट गरेको भन्दै मिना भण्डारी बस्नेतले इप्रका तुलसीपुरमा किटानी जाहेरी दिनुभएको हो ।

तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक रञ्जन स्वाँरले स्वास्थ्य राज्यमन्त्री बिरुद्ध किटानी जाहेरी परेको जानकारी दिनुभयो । दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले राज्यमन्त्री विमला विरुद्धको किटानी जाहेरी जिप्रकामा दर्ता हुने जानकारी गराउनु भयो ।

राज्यमन्त्री विमलाले आज बिहान उनका प्रेमी एकराज बस्नेतको घरमै गएर उहाँकी श्रीमती र छोरीलाई कुटपीट गर्नुभएको थियो । वलीलाई अहिले जिप्रका तुलसीपुरमा राखिएको छ । मीनाले विमलाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिनुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *