Main News

त्रिचन्द्र कलेज पुनर्निर्माणको माग गर्दै विद्यार्थीहरुले गरे प्रदर्शन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ ३१ गते १७:४९
त्रिचन्द्र कलेज पुनर्निर्माणको माग गर्दै विद्यार्थीहरुले गरे प्रदर्शन (भिडियो रिपोर्टसहित)

३१ जेठ २०७९ काठमाडौं । त्रिचन्द्र कलेज पुनर्निर्माणको माग गर्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

आज घण्टाघर अघिको सडकमै पढेर विरोध जनाउँदै विद्यार्थीहरुले क्याम्पस पुनर्निर्माणको माग गरेका हुन् ।

२०७२ सालको महाभूकम्पपछि रातो स्टिकर लगाएर राखिएको भवन निर्माणको काम अहिलेसम्म शुरु भएको छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माणको जिम्मा पाएर पनि नबनाएपछि शिक्षा मन्त्रालयले भवन निर्माणको जिम्मा पाएको थियो । तर अहिलेसम्म कुनै काम अघि बढेको छैन ।

क्याम्पस पुनर्निर्माण गर्न सरोकारवाला निकायहरुले तत्काल पहलकदमी लिनुपर्ने विद्यार्थीहरुको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *