Main News

प्रशारण लाइनको तारमा चढेका युवकको यसरी गरियो उद्धार

हिमालय टिभी
२०७९ जेठ २८ गते २०:४५
प्रशारण लाइनको तारमा चढेका युवकको यसरी गरियो उद्धार

२८ जेठ २०७९ नुवाकोट । नुवाकोटमा बिजुलीको उच्च भोल्टेजको तारमा चढेका माइला विकलाई नेपाली सेनाले उद्धार गरेको छ ।

तारमा चढेको करिब आठ घण्टापछि नेपाली सेनाको हेलिकप्टरमा पुगेको टोलीले उद्धार गरेको नुवाकोटाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभयो।

प्रजिअ रिसालका अनुसार नेपाली सेनाको हेलिकप्टरमा आएको विशेष टोलीले विकलाई बिजुलीको पोलबाट उद्धार गरेर प्रहरीलाई बुझाएको छ । नुवाकोट जिल्लाको ककनी गाउँपालिका–७ मा रहेको माथिल्लो त्रिशूली–३ ‘ए’ को उच्च भोल्टेजको तारमा नुवाकोट बेलकोटगढी नगरपालिका १३ घर भएका माइला विक चढेपछि शनिबार समग्र विद्युत प्रणालीमै असर परेको थियो ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार आठ घण्टादेखि त्रिशूली–३ ‘ए’ र अर्को सानो चार पाँच मेगावाटको आयोजनाको बिजुली प्रभावित भएको थियो ।

विक शनिबार बिहान ११ बजेदेखि उच्च भोल्टेजको बिजुलीको तारमा चढेको जानकारी आएपछि लाइन काटिएको थियो ।

उहाँ परिवारसँग झगडा गरेर बिजुलीको तारमा पुगेको स्थानीयको भनाइ छ । प्रशारण लाइन बन्द हुँदा झण्डै एक करोडको घाटा पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *