यौन हिंसासम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय समितिमा (भिडियो रिपोर्टसहित)
२७ जेठ २०७९ काठमाडौं । यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने विधेयक २०७९’ दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ ।
प्रतिनिधिसभाको आजको बैठकले दुबै विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले दफावार छलफलका लागि दुवै विधेयक सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्नु भएको थियो ।
संसदीय समितिमा दफावार छलफल भएपछि संशोधन विधेयक पुनः प्रतिनिधिसभामा पठाइनेछ । समितिको प्रतिवेदनसहितको विधेयक प्रतिनिधिसभाले पास गरेर राष्ट्रिय सभामा पठाउने छ ।
संघीय संसदको दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले प्रमाणित गरेर कार्यान्वयनमा ल्याउने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया