खेलकूद

त्रिकोणात्मक शृंखलामा नेपाल पहिलो खेलमा पराजित

हिमालय टिभी
२०७९ जेठ २७ गते ९:११
त्रिकोणात्मक शृंखलामा नेपाल पहिलो खेलमा पराजित

२७ जेठ २०७८९ काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल पहिलो खेलमा पराजित भएको छ ।

अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा आज बिहान सम्पन्न खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो । २१२ रनको लक्ष्य पछ्याएको नेपाल २ बल अगावै १९८ रनमा अलआउट भएको थियो ।

नेपालका आरिफ शेखले ६६ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै देव खनाल ३४, रोहित पौडेल २०, दिपेन्द्र सिंह ऐरी १६, विनोद भण्डारी १४, सोमपाल कामी १३, सुनिल धमाला १२ तथा करण केसी ८ रनमा आउट भए ।

सुवास खकुरेल ३ तथा कप्तान सन्दीप लामिछाने २ रनमा आउट हुँदा सुशन भारी शुन्य रनमा अविजित रहे । ओमानका जिसन मक्सुद र खावर अलीले समान ३(३ तथा बिलाल खानले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा २११ रन बनाएको थियो । ओमानका जिसन मक्सुदले अविजित १०४ रनको शतकीय इनिंग्स खेले । त्यस्तै खावर अलीले ३० रन जोड्दा शोयब खानले २७ रन बनाए ।

नेपालका करण केसीले ५ विकेट लिए । १० ओभर बलिङ गर्दै केसीले ३८ रन खर्चिएर ५ जनालाई आउट गरे । केसी सोमपाल कामी र सन्दीप लामिछानेपछि एक दिवसीय अन्तराष्ट्रियको एकै खेलमा ५ विकेट लिने नेपालका तेस्रो खेलाडी बनेका छन् ।

यस्तै सन्दीपले २ तथा सोमपालले १ विकेट लिए । हारसँगै नेपाल १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा छ । ओमान ३३ खेलबाट ४२ अंकका साथ शीर्ष स्थानमा छ । नेपालले आफ्नो दोस्रो खेलमा भोलि अमेरिकाविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्