Main News
विनियोजन विधेयकमाथिको छलफल आज पनि जारी रहने
२०७९ जेठ २५ गते ८:०५

२५ जेठ २०७९ काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल आज पनि जारी रहने भएको छ।
संसद भवन बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा पनि विनियोजन विधेयक २०७९ को मन्त्रालयगत शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।
आज कृषि तथा पशुपन्क्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा छुट्याइएको बजेटमाथि छलफल हुने छ । यस्तै विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव समेत पेश हुनेछ ।
संसदमा जेठ २३ गतेदेखि नै विनियोजन विधेयकको मन्त्रालयगत विभिन्न शीर्षकहरूमा छलफल भइरहेको छ । राष्ट्रिय सभा बैठक पनि दिउँसो १ बजे बस्दैछ।
प्रतिक्रिया