कसले गर्दै छ पर्यटनमन्त्री प्रेम आलेलाई बदनाम ? (भिडियो रिपोर्टसहित)
२४ जेठ २०७९ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टीभित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाउनुभएको छ ।
पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निर्माणको शिलान्यास गर्दै मन्त्री आलेले पार्टीभित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाउनुभएको हो ।
उहाँले आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै अन्य नेताहरुलाई मौका दिने इच्छा भए मन्त्री बनाउन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गर्नुभयो ।
मन्त्री आलेले तीन पटकसम्म जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म पशुपति क्षेत्र विकास कोषले बतासले कब्जा गरेको धर्मशालाको विरुद्धमा मुद्दा हालेर जितेको बताउँदै अबको मुचुल्कामा वडा अध्यक्षको पनि साथ रहने विश्वास रहेको बताउनुभयो ।
प्रतिक्रिया