Main News

मधेस प्रदेशले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

हिमालय टिभी
२०७९ जेठ २२ गते ८:३८
मधेस प्रदेशले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

२२ जेठ २०७९ जनकपुर । मधेस प्रदेश सरकारले आज आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ।

दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ। प्रदेश मन्त्रिपरिषद्ले सरकारको नीति तथा कार्यक्रम हिजै स्वीकृत गरिसकेको छ।

नीति तथा कार्यक्रममा आर्थिक स्थिरता कायम गर्ने, आर्थिक वृद्धिदर बढाउने, अनुत्पादक खर्च नियन्त्रण गर्ने, प्रशासनिक क्षेत्रमा अनुशासन कायम गर्ने, स्वरोजगार प्रवर्द्धन गर्ने र शिक्षा, स्वास्थ्यमा सुधार ल्याउने योजना समावेश गरिएको छ।

प्रदेश सरकारले असार १ गते नै बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मधेस प्रदेश सरकारले पनि सोही दिन आर्थिक वर्ष २०७९र ८० को बजेट प्रस्तुत गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *