Main News

कर्णाली प्रदेशका धेरैजसो सामुदायिक विद्यालयमा अझैं पुगेन पाठ्यपुस्तक (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २१ गते २१:०६
कर्णाली प्रदेशका धेरैजसो सामुदायिक विद्यालयमा अझैं पुगेन पाठ्यपुस्तक (भिडियो रिपोर्टसहित)

२१ जेठ २०७९ सुर्खेत । मुगुमा मात्रै हैन कर्णाली प्रदेशका धेरैजसो सामुदायिक विद्यालयका विद्यार्थीले अझै पुस्तक पाएका छैनन् । जनक शिक्षा सामग्री केन्द्र, स्थानीय तह र विद्यालयबीच समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित भएको हो ।

कर्णालीका मुगुबाहेक सबै जिल्लामा पाठ्यपुस्तक ढुवानी प्रक्रिया शुरु भइसकेको छ । मुगुका चारवटै स्थानीय तहका लागि आवश्यक पुस्तक गोदाममै थन्किएको छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

कर्णालीका डोल्पा, सल्यान, रुकुम पश्चिम र हुम्लाका दुई स्थानीय तहमा नेपालगञ्जबाट पाठ्यपुस्तक ढुवानी भइरहेको छ । जनक शिक्षाका अनुसार जुम्लामा दुई हजार ५०० सेट, कालीकोटमा तीन हजार सेट, जाजरकोट र सुर्खेतमा चारचार हजार सेट र दैलेखमा चार हजार ५०० सेट पुस्तक पठाइएको छ । बाँकी किताब छपाइकै क्रममा रहेको जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले जनाएको छ ।

सवारी साधन समेत नपुगेको हुम्लामा पनि अहिले पुस्तक ढुवानीको काम अगाडि बढिरहेको छ ।

समयमै पर्याप्त पुस्तक नहुँदा अधिकांश विद्यालयको पठनपाठन प्रभावित भएको छ । प्रायः कक्षमा पुरानो पाठ्यपुस्तकबाट नै पठनपाठन भइ रहे पनि नयाँ पाठ्यक्रम लागु भएको कक्षा ४, ७ र ९ को पढाइ प्रभावित बनेको छ ।

कर्णाली प्रदेशका हिमाली जिल्लामा फागुनदेखि नै शैक्षिक सत्र सुरु भएपनि हालसम्म पुस्तक पुग्न सकेको छैन । त्रैमासिक परीक्षा शुरु हुने बेलासम्म पनि विद्यार्थीको हातमा पुस्तक उपलब्ध नहुनुले सरकारको शिक्षाप्रतिको चासो कम भएको प्रमाणित गर्ने शिक्षकको बुझाइ छ ।

दुर्गम जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक उपलब्ध गराए पनि स्थानीय तहले खरिदमा बेवास्ता गरेको जनक शिक्षा सामग्री केन्द्रको आरोप छ । सुर्खेतस्थित प्रादेशिक कार्यालयका अनुसार मुगुका लागि २४ लाखका पुस्तक तयारी अवस्थामा छ । तर, खरिद प्रक्रियामा मुगुका सबै स्थानीय तह र विद्यालयले चासो देखाएका छैनन् ।

जनक शिक्षा सामग्री केन्द्रले समयमा नै पुस्तक पुर्‍याउन नसक्नु समस्या त हो नै तर कतिपय ठाउँमा स्थानीय तहले खरिद तथा ढुवानीमा चासो नदेखाउनुले पनि ढिलाई भै रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *