हरेक वर्ष मल अभाव, हरेक वर्ष किसानलाई सास्ती किन ? (भिडियो रिपोर्टसहित)
२० जेठ २०७० काठमाडौं । आउँदो सातादेखि रोपाइँ शुरु हुँदै छ। तर, यो वर्ष पनि गत वर्षहरुझैँ किसान युरिया मलको चरम अभाव व्यहोर्न बाध्य हुने अवस्था देखिएको छ ।
कृषि तथा पशुपंक्षी मन्त्रालयसँगै सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी र पब्लिक प्राइभेट पार्टनरसिपअन्तर्गतको साल्ट ट्रेडिङ कर्पोरेसनले किसानलाई युरिया मल उपलब्ध गराउने गर्दछ ।
तर, समयमा पर्याप्त बजेट निकासा नहुनु र बजेट खर्च गर्दा पारदर्शी कार्ययोजना नहुँदा किसान हरेक वर्ष रासायनिक मलको चर्को अभाव व्यहोर्न बाध्य छन्।
नेपालमा वार्षिक ८ लाख टनभन्दा बढी मल आवाश्यक पर्छ । आर्थिक वर्ष २०७७–७८ मा एक लाख ५४ हजार १ सय १८ टन मल आयात भयो । यो आर्थिक वर्षमा नै ३० हजार मेट्रिक टन युरिया र त्यति नै डिएपी मल पुगेको छैन भने अर्को आर्थिक वर्ष शुरु भएसँगै मलको आवाश्यकता ह्वात्तै बढ्छ ।
मलको आयात हुन्छ, उक्त मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत विभिन्न स्थानमा पुग्छ । आवाश्यकताभन्दा कम मत आपूर्ति भएपछि गाउँगाउँमा मलको हारालुछ हुन्छ ।
कृषि सामग्रीले मोटो कमिसनका लागि मलको चर्को अभाव सिर्जना गरी भारतसँग जीटुजी प्रणालीअन्तर्गत मल खरिद गर्दै आएको छ।
मल समयमा नै नपाउँदा उत्पादन घट्छ र धान उत्पादनमा १० प्रतिशतले तलमाथि हुँदा जीडीपीमा १ प्रतिशतले घटबढ हुन्छ । सरकारले यो विषयलाई ध्यानमा राख्दै समयमा र पर्याप्त मलको आपूर्ति कहिले गर्ला ?
प्रतिक्रिया