Main News

स्थानीय तहलाई कोरिया कामदार पठाउन रोक

हिमालय टिभी
२०७९ जेठ २० गते १६:५९
स्थानीय तहलाई कोरिया कामदार पठाउन रोक

२० जेठ २०७९ काठमाडौं । सरकारले भगिनी सम्बन्ध कायम गरी स्थानीय तहले दक्षिण कोरियामा कामदार पठाउन कानुनी र व्यवस्थापकीय रुपमा अनुपयुक्त रहेको भन्दै रोक लगाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सचिवस्तरको निर्णय गरी सबै स्थानीय तहमा पत्राचार गर्दै भगिनी सम्बन्धको आधारमा दक्षिण कोरियामा कामदार पठाउन नमिल्ने जनाएको छ ।

वैदेशिक रोजगार व्यवस्थापन संघीय सरकारको कार्यक्षेत्रमा रहेको र वैदेशिक रोजगारीमा पठाउने कामको नियमन, व्यवस्थापन र कल्याणकारी काम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट भएको पत्रमा उल्लेख गरिएको छ ।

देशका धेरै स्थानीय तहले दक्षिण कोरियाका विभिन्न काउन्टी तथा राज्यसँग भगिनी सम्बन्ध कायम गर्दै ६ महिनासम्म काम गर्ने गरी कृषि क्षेत्रमा कामदार पठाउँदै आएका थिए । कतिपय स्थानीय तह र जनप्रतिनिधिले यसमा आर्थिक चलखेल गर्ने गरेको गुनासो पनि आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *